News & Events

जाजरकोट भुकम्प प्रतिकार्य सम्बन्धी प्रतिवेदन

1 min read

पृष्ठभूमीः

२०८० कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भुकम्पले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो क्षति पुर्याएको छ । कार्तिक १९ सम्म भूकम्पका कारण १ सय ५४ जनाको (जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ जना ) मृत्यु भएको छ । जाजरकोट, रुकुम पश्चिम, र अन्य जिल्लामा गरि घाइतेको संख्या ९३४ पुगेको छ । घाइतेमध्ये अधिकांशको जिल्ला अस्पतालहरु र स्वास्थ्य चौकीहरुमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुको भेरी अस्पताल नेपालगन्ज र प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

जिल्लागत विवरण

 

 

जिल्ला

मृतकको संख्या

 

जम्मा

 

जम्मा घाईते

निको/प्रेषण

५बर्ष भन्दा मुनि

१८ बर्ष भन्दा मुनि१८ बर्ष भन्दा माथि
पुपुपुपु

जाजरकोट

२२२८२८५६४५६६५५८

रुकुम पश्चिम

१२१११२२७२६२५७३८

अन्य जिल्ला

१२
जम्मा१०१४३४३७३९२०८३७१९३४

९६

 

संस्थाद्धारा गरिएका कामहरुको विवरण :

  • सी.एम.सी. – नेपालमा भएका कर्मचारीहरुलाई मनोवैज्ञानिक प्राथमिक उपचार (PFA) मा अभिमुखीकरण गरि स्वास्थ्य सेवा निर्देशनालयको अगुवाईमा ७ वटा टोली गठन गरी ७ प्रभावित पालिकाहरूमा (जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिका र रुकुम पश्चिमको सानोभेरी गाउँपालिका, आठबीरकोट नगरपालिका र चौरजहारी नगरपालिका) मा खटाइएको छ ।
  • नियमीत रुपमा बस्ने संघिय र प्रदेश स्तरको स्वास्थ्य, पोषण क्लस्टरहरू, संरक्षण क्लस्टर, शिक्षा क्लस्टर र अरु क्लस्टरहरुको बैठकमा सक्रिय सहभागि भई जानकारी तथा भएका कामको प्रगति आदानप्रदान गर्ने गरिएको छ ।
  • प्रभावित पालिकाहरूमा कर्मचारीहरुले प्रभावित ब्यक्तिहरुसंग मनोवैज्ञानिक प्राथमिक उपचार (PFA), मनोसामाजिक परामर्श, प्रेषण गरि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको र सो सम्बन्धी तथ्यांक विभिन्न सरोकारवाला निकायहरुलाई नियमित अध्यावधिक गरिरहेको छ ।
  • स्वीजरल्याण्ड दुतावासको आर्थीक सहयोगमा र सीएमसी नेपालको सहजीकरणमा प्रभावित जिल्लाहरुमा १००० थान न्यानो बल्याङ्केट र ५०० थान त्रिपाल र अमेरीका नेपाल चिकित्सक प्रतिष्ठानको सहयोगमा ३ वटा पालिकाहरुका ( भेरी नगरपालिका, नलगाड नगरपालिका र आठबीरकोट नगरपालिका) गर्भवती र सुत्केरीहरुलाई ५०० पोषिलो खानेकुराको प्याकेट तत्काल सहयोग गरियो ।

संस्थाको आगामी योजनाहरुः

  • HRDC र राष्ट्रीय अपांग महासंघ सँगको सहकार्यमा सिएमसि नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहायता शिविर आयोजना गर्ने योजना बनाएको छ । मंसिर ८ देखि १४ गतेसम्म जाजरकोट र रुकुम पश्चिमका ६ प्रभावित नगरपालिकामा शिविर सञ्चालन हुनेछ ।
  • सी एम सी नेपालले फेल्म नेपालको आर्थिक सहयोगमा जाजरकोट जिल्लाका भेरी नगरपालिका र नलगाड नगरपालिकामा बालबालिका तथा किशोरकिशोरीहरु र उनीहरुका अभिभावकहरु तथा शिक्षकहरुलाई मनोवैज्ञानिक प्राथमिक सहयोग तथा आवश्यकता अनुसार मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनेछ । साथै बालबालिकाहरुलाई जितसक्दो छिटो सिकाइका लागि तयार गराउन प्रधानाध्यापकहरु तथा विद्यालयका मनोसामाजिक फोकल शिक्षकहरुलाई  विपदमा बालबालिकाहरुलाई मनोवैज्ञानिक प्राथमिक सहयोग तथा मनोसामाजिक सहयोग सम्बन्धि तालिम यही मसिर ८ देखि १३ गतेसम्म सचालन गर्नेछ । तालिम पश्चात फोकल शिक्षकहरुलाई प्रभावित बालबालिकाकाहरुको लागि आवश्यक पर्ने प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गरि विद्यालयमा नियमित पठनपाठनको लागि तयार गर्नको लागि परिचालन गरिनेछ ।
  • सी. एम. सी. नेपालले एस डि सी को आर्थिक सहयोगमा जाजरकोट जिल्लाको भेरी न पा र नलगाड न पा तथा रुकुम पश्चिमको आठविसकोट न पा र चोरजहारी न पा को स्वास्थ्यकर्मीहरुका लागि मनोवैज्ञानिक प्राथमिक सहयोग तालिम यही मंसिर ८ देखि १३ गते सम्म संचालन हुनेछ । तालिम पश्चात स्वास्थ्यकर्मीहरुलाई प्रभावित ब्यक्तिहरुको लागि आवश्यक पर्ने प्राथमिक मनोवैज्ञानिक सहयोगको लागि परिचालन गरिनेछ ।
  • प्रभावित पालिकाहरूमा कर्मचारीहरुले प्रभावित ब्यक्तिहरुसंग मनोवैज्ञानिक प्राथमिक उपचार (PFA) मनोसामाजिक परामर्श, प्रेषण गरि मानसिक स्वास्थ्यको क्षेत्रमा काम अघि बढाउने र सो सम्बन्धी तथ्यांक विभिन्न सरोकारवाला निकायहरुलाई नियमित अध्यावधिक गर्नेछ ।
  • पालिका र प्रदेश सरकारसंगको सवन्मयमा परिचनलन भएका मानवस्रोतको अवस्था बुझि थप स्रोत परिचालन, उनीहरुको अभिमुखिकरण र अन्य सहयोगका लागि सरकारी तथा गैरसरकारी दातृनिकायहरुसंग पहल गर्नेछ ।

संस्थाबाट मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगका क्षेत्रमा गरिएका कामहरुको तथ्यांकसहितको विवरण :

मनोवैज्ञानिक प्राथमिक उपचार (PFA) बाट सहयोग पाएकाहरुको विवरण

जिल्ला

स्थानिय तहपुरुषमहिलाअन्यकेटाकेटीअपाङ्गता

भएका

जम्मा

जाजरकोट

भेरी

64165023663321

नलगाड

154153017140

338

बारेकोट

469002271

166

छेडागाड

000000

0

कुसे210000

3

रुकुम पश्चिम

आठबीसकोट

103182018322

337

सानीभेरी

3354010154

116

चैरजहारी

6880029377

221

जम्मा

47072509919117

1502

 

मनोसामाजिक परामर्श सहयोग पाएकाहरुको विवरण

जिल्ला

स्थानिय तहपुरुषमहिलाअन्यकेटाकेटीअपाङ्गता

भएका

जम्मा

जाजरकोट

भेरी314010018

नलगाड

280000

10

बारेकोट

230010

6

छेडागाड

5120110

19

कुसे530010

9

रुकुम पश्चिम

आठबीसकोट

1118011031
सानीभेरी17150462

44

चैरजहारी

13180300

34

जम्मा

5891010102

171

 

मनोसामाजिक सहयोगका लागि पुनः कुराकानी अगाडि बढाएकाहरुको विवरण

जिल्ला

स्थानिय तहपुरुषमहिलाअन्यकेटाकेटीअपाङ्गता

भएका

जम्मा

जाजरकोट

भेरी

0000000

नलगाड

0

00000

0

बारेकोट000000

0

छेडागाड

000000

0

कुसे000000

0

रुकुम पश्चिम

आठबीसकोट

0000000
सानीभेरी8120222

26

चैरजहारी

000000

0

जम्मा

8120222

26

 

विशेष MHPS सेवाहरूका लागि सिफारिस गरिएकाहरूको विवरण

जिल्ला

स्थानिय तहपुरुषमहिलाअन्यकेटाकेटीअपाङ्गता

भएका

जम्मा

जाजरकोट

भेरी

0000000
नलगाड000000

0

बारेकोट

0000000
छेडागाड000000

0

कुसे

000000

0

रुकुम पश्चिम

आठबीसकोट

1300004

सानीभेरी

470120

14

चैरजहारी260199

27

जम्मा

71602119

45

PFA, तनाव व्यवस्थापन र अन्य मनोसामाजिक परामर्श सम्बन्धी अभिमुखिकरण पाएका सेवा प्रदायकहरूको विवरण

जिल्ला

स्थानिय तहपुरुषमहिलाअन्यकेटाकेटी
जाजरकोटभेरी0000

0

नलगाड

00000
बारेकोट0000

0

छेडागाड

00000
कुसे0000

0

रुकुम पश्चिम

आठबीसकोट

00000
सानीभेरी61303

22

चैरजहारी

00000
जम्मा61303

22

 

समस्या र चुनौति

  • आफन्त र घर गुमाउँदाको पीडाले प्रभावित ब्यक्तिहरु भावनात्मक हिसावले अझै पनि अप््ठयारो अवस्थामा छन् । उनीहरुको मानसिक स्वास्थ्यको अवस्था चुनौतीपूर्ण रहेकोले थप काम गर्नुपर्ने अवस्था छ ।
  • चिसो बढेसंगै जोखिममा रहेका जनसंख्यालाई सुरक्षित राख्न अझै चुनौतिपुर्ण देखिएको छ ।
  • असुरक्षित पानी र फोहोरको व्यवस्थापनका कारण पानिजन्य रोग र महामारीको सम्भावना उच्च छ ।
  • जनस्वास्थ्य अवस्थाको द्रुत मूल्याङ्कन, प्राथमिक स्वास्थ्य सेवा र मानसिक स्वास्थ्य सेवा पुनः सुरु गर्न आवश्यक छ ।
  • प्रभावित क्षेत्रहरूमा अन्तर–क्लस्टर समन्वय र सहयोग अति आवश्यक रहेको छ ।
  • उच्च जोखिममा रहेका विशेष गरी नवजात शिशु, गर्भवती महिला, ज्येष्ठ नागरिक, नियमित औषधि प्रयोगकर्ता, मानसिक स्वास्थ्य समस्या र अपाङ्गता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राख्न जरुरी देखिएको छ ।

कामका केहि फोटोहरु

चित्र १ः बारेकोट गाउँपालिकामा किशोरीसंग मनोसामाजिक परामर्श गरिदैँ सिएमसि नेपालको कर्मचारी

चित्र २ः भेरी नगरपालिकामा मनोबैज्ञानिक प्रथमिक उपचार Psychological First Aid (PFA) को  सत्र चलाउदै

चित्र ३ः चौरजहारी नगरपालिकामा महिलाहरुसंग मनोबैज्ञानिक प्रथमिक उपचार (PFA) को  सत्र चलाउदै

2 1 vote
Article Rating

Share this article

guest
0 Comments
oldest
newest most voted
Inline Feedbacks
View all comments

Accessibility Settings

Dark Mode
Font Size
High Contrast
0
Would love your thoughts, please comment.x
()
x