Skip NavigationMenu

Smarika (Iss. 29)

Preview Price Abstract Language
Free Download

यस वर्ष हामी मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले आफ्नो स्थापनाको २० औँ वार्षिकोत्सव मनाइ रहेका छौँ  । यस अवधिमा संस्थाले एक लाख भन्दा वढि मानसिक स्वास्थ्य र मनोसामाजिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गरेको छ । मानव जीवनको एक महत्वपूर्ण पक्ष, मानसिक स्वास्थ्यमा गर्न सकिएको यस योगदानको निम्ति हामी आभारी छौँ ।  देशका दुर्गम भागहरूसम्म मानसिक स्वास्थ्य र मनोसामाजिक सेवाहरूमा पहुँच बढाउन प्रवर्द्धनात्मक, रोकथाम, उपचारात्मक, र समुदायिक पुनर्स्थापनाका कार्यहरू मार्फत सीमान्तकृत समुदायहरू सहित मानसिक स्वास्थ्य अवस्था भएका मानिसहरूको सम्मान, संरक्षण, र स्वास्थ्य अधिकार सुनिश्चित गर्न यस संस्थाको कार्य निरन्तर छ ।

दुई दशक लामो यस यात्रामा संस्थाले थुप्रै उतार चढाव पार गरेको छ । आवश्यक आधारभूत कुराहरूको व्यवस्थापन गर्नुपर्ने संस्थाको स्थापना कालको समय देखि नै विनाशकारी भूकम्पको समय होस या कोभिड १९ महामारीको जटील अवस्था, यस संस्थाले मानसिक स्वास्थ्य सेवाको कार्य निरन्तर मात्रै हैन, सेवाको विस्तार र थप प्रभावकारी रूपमा संचालन गर्दै आएको छ ।  ………

Nepali

download here